नेपाल एसबिआई बैंकको सीईओमा तिवारी

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामकुमार तिवारी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । भारतीय स्टेट बैंकसँगको सेवा सम्झौता बमोजिम एसबीआईबाट नेपाल एसबिआई बैंकमा खटिई आएका बैंकका प्रबन्ध सञ्चालक तथा सीईओ दीपककुमार देका स्थानमा तिवारीलाई नियुक्त गर्ने निर्णय भएको जनाएको छ ।

तिवारीले आगामी माघ २ गतेदेखि सीईओको जिम्मेवारी सम्लाल्ने छन् । सीईओ दीपककुमार देलाई भने एसबीआईमा उच्च जिम्मेवारी सम्हाल्ने प्रयोजनका माघ २ गते नेपाल एसबिआई बैंकको कार्यभारबाट मुक्त गर्ने निर्णय भएको छ । रामकुमार तिवारी एसबिआई बैंकका महाप्रबन्धक हुन् । करिब १९ वर्षको बैंकिङ अनुभव भएका तिवारीले इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटिबाट बैंकिङ एण्ड फाइनान्समा एमबीए गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *