रवि लामिछानेसँग आज पनि चितवनमा बयान लिइँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि चितवन जिल्ला सरकारी वकील कार्यालयले बयान लिँदै छ ।
काठमाडौंबाट मंगलबार चितवन पुर्याइएका लामिछानेसँग सरकारी वकील कार्यालयमा हिजो मध्याह्न १२ बजेदेखि पाँच घन्टा बयान लिइएको थियो ।
सरकारी वकील कार्यालय चितवनले लामिछानेसँग आज पुनः लिखित बयान लिने बताएको छ । सरकारी वकील र अनुसन्धान अधिकृतले संयुक्त बयान लिएका हुन् । लामिछानेसँग सकेसम्म आज नै बयान सक्ने तयारी गरिएको छ ।