लक्ष्मी सनराइज बैकको डिजिटल डिसेम्बर अभियान
काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियानको छैटौं संस्करण डिजिटल डिसेम्बर २०२४ अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत बैंकका ग्राहकलाई डिसेम्बर महिनाभरि डिजिटल बैंकिङ अपनाउनका लागि प्रोत्साहन गर्न विभिन्न अफरहरू प्रदान गर्नुका साथै विभिन्न स्थानमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरू पनि गरिने बैंकले जनाएको छ ।
ग्राहकहरूलाई डिजिटल रूपमा सशक्त बनाउन र उनीहरूको बैंकिङ अनुभव सरल बनाउनका निम्ति यस्ता योजनाहरू बैंकले अगाडि सारेको छ :
ग्राहकहरूलाई विशेष अफर
सरलीकृत कर दाखिलास् डिसेम्बर महिनाभरि मोबाइल मनीमार्फत आफ्नो (स्थायी लेखा नम्बर) वा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा सोभन्दा बढीको मोबाइल रिचार्ज गर्ने ग्राहकहरूले बैंकबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन् ।
सहज बिजुली बिल भुक्तानी : मोबाइल मनी प्रयोगकर्ताहरूले सजिलै एउटा मिस(कलमार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन् । मोबाइल मनी एपबाटै सो सेवामा आबद्ध भई डिसेम्बर महिनाभरि मिस कलमार्फत बिल भुक्तानी गर्ने ग्राहकहरूले पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्नेछन् ।
क्रेडिट कार्डमा विशेष अफर : ग्राहकहरूले डिसेम्बर महिनाभरि क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्कका साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन् ।
लचिलो वित्तीय समाधान
आज किनौं, भोलि तिरौंस् क्रेडिट कार्ड ग्राहकहरूले डिसेम्बर महिनाभरि आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३० हजार रुपैयाँभन्दा बढीको खरिद गरेमा बिनाशुल्क र बिनाब्याज उक्त भुक्तानीलाई सरल किस्ताबन्दीमा परिणत गर्न सकिनेछ ।
अन्तर बोर्डर भुक्तानी सेवा : लक्ष्मी सनराइज बैंकका क्यूआर सेवाग्राही व्यवसायीहरूले विभिन्न भारतीय मोबाइल वालेटमार्फत डिसेम्बर महिनाभरि भुक्तानी लिँदा लक्की ड्रद्वारा विभिन्न पुरस्कारहरू जित्न सक्नेछन् ।
वित्तीय शिक्षा कार्यक्रम
यस अभियान मुख्य भागमा रहेको ‘डिजिटल संवाद’ अन्तर्गत बैंकले अन्य डिजिटल वित्तीय सेवाप्रदायकहरूसँगको सहकार्यमा देशका विभिन्न स्थानमा वित्तीय चेतनासम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रमहरू आयोजना गर्नेछ । यी कार्यक्रमहरू वितीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा र नवीनतम डिजिटल बैंकिङ सुविधाहरूलगायत विषयहरूमा केन्द्रित हुनेछन् । यस्तै, चेतनामूलक पहलहरूसँग विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूको माध्यमबाट यस अभियानले डिजिटल बैंकिङलाई सबैका लागि थप सुलभ, सुविधाजनक र सुरक्षित बनाउने लक्ष्य राखेको छ ।