टीआरसी पदाधिकारीको सर्ट लिस्टमा परे ४० जना

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगको पदाधिकारीका लागि ४० जनाको नाम सर्ट लिस्टमा परेको छ । संक्रममणकालीन न्याय सम्बन्धी दुई आयोगका लागि नाम सिफारिस गर्न गठन भएको पदाधिकारी सिफारिस समिति (सर्च कमिटी)ले अध्यक्षमा ८ जना र सदस्यमा ३२ जनाको नाम तय गरेको हो । सर्च कमिटीका प्रवक्ता खम्बबहादुर खातीका अनुसार उनीहरूविरुद्ध पाँच दिनको उजुरी आह्वान भएको छ । ‘उजुरी दिने दाबी,विरोध गर्ने समय पाँच दिन दिइएको छ । त्यसपछि तीन दिन उहाँहरूको प्रस्तुतीकरण हुन्छ ।

त्यस आधारमा यही मंसिर ३० गतेसम्म आयोगमा पदाधिकारी सिफारिस गर्ने तयारी गरिएको छ’ प्रवक्ता खातीले बताए । सर्च कमिटीलाई दिइएको समय पुस २ गते सकिनेछ । त्यस अगाडि नै काम सकाउने कमिटीको तयारी छ । प्रवक्ता खातीका अनुसार दुई आयोगको अध्यक्षका लागि ८ जनाको नाम सर्ट लिस्टमा परेको छ । जसमा डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापति, विश्वराज कोइराला, सुदिप पाठक, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहाल छन् । आयोगको पदाधिकारीमा १५६ जनाले आवेदन दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *