माछापुच्छ्रे बैंकमा २ जना सञ्चालक भित्रिए

काठमाडौं । माछापुच्छ्रे बैंकबाट १ जना सञ्चालक बाहिरिँदा २ जना भित्रिएका छन् । बैंकका संस्थापक सेयरधनी श्रीराम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रालिको प्रतिनिधित्व गर्ने सञ्चालक हरिभक्त सिग्देलले सञ्चालक पदबाट राजीनामा दिएका हुन् । सिग्देलले मंसिर १४ गते सञ्चालक समितिमा राजीनामा दिएका थिए ।

उनको राजीनामा मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको बैंकले जनाएको छ । यस्तै, मंसिर २० गते नै बसेको सञ्चालक समितिको बैठकले राम जानकीको तर्फबाट मुकुन्द महतलाई नियुक्त गरेको छ । यस्तै, सोही दिनको सञ्चालक समितिले अनिल साहलाई सञ्चालकमा नियुक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *