रवि लामिछानेलाई भेट्न कास्की पुगे बाबुराम,भने ‘रविमाथि अन्याय भयो’

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई कास्की पुगेका छन् । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका हुन् ।

भट्टराई (आज) शुक्रवार बिहान रविलाई भेट्न पुगेका हुन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई एक पछि अर्को मुद्दा लगाएर दुख दिने काम अन्यायपूर्ण भएको बताएका छन् । हिरासतबाट फर्केपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले भने-‘रविजीलाई नयाँ शक्ति अभियान सुरु गरेपछि उदय भएका राजनीतिक शक्ति मध्ये एउटा शसक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिका रुपमा बुझ्छु, त्यसैले मेरो सधैँ सद्भाव छ । अहिले उहाँलाई एक पछि अर्को गरेर दुख दिने काम भइहेको छ यो अस्वभाविक र अन्यायपूर्ण रहेको छ’ ।

सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं र चितवन पनि लगिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *