स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षमा ढकाल
काठमाडौँ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । उनले प्रतिदन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । कुल ८८ मतमा ढकालले ४५ र तिमिल्सिनाले ४३ मत पाएका छन् । यसैगरी, उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय पौडेल निर्वािचित भएका छन् ।
यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्। ढकाल हिमालयन ब्रोकेजका अध्यक्ष समेत हुन्। एसोसिएसनको ३० औं बार्षिक साधारण सभाबाट ढकाल निर्वाचित भएका हुन् ।