ओलीजीले राम्रो काम गर्नुभएको छ : सभापति देउवा

विराटनगर । शनिबार विराटनगरमा पार्टीको कोसी प्रदेश समिति सम्मेलन उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीआरआई सम्झौता सुझबुझपूर्ण ढंगबाट गरिएको बताएका छन् । ऋणभन्दा पनि अनुदानको रूपमा सुविधा लिने विषय हो । ओली (प्रधानमन्त्री केपी शर्मा ओली)जीले त्यही ढंगले सम्झौता गर्नुभयो । हामीले अब धेरै ऋण लिएर परियोजना चलाउने अवस्था नभएको भनेको हो । नेपालले विकासका निम्ति एडीबी, आईएमएफलगायत अन्तर्राष्ट्रिय दातृनिकायसँग ऋण लिएको,लिने गरेको तर अब धेरै लिन सक्ने अवस्था नरहेको उनले बताए । अर्को प्रसंगमा उनले वर्तमान सरकार स्थायित्वका निम्ति बनाइएको उल्लेख गरे ।

दुई ठूला पार्टी मिल्दा स्थायित्व हुनेमा आफू विश्वस्त रहेको उनले बताए । ओलीजीले राम्रो काम गर्नुभएको छ, “राम्रोलाई राम्रो भन्नुपर्छ । बीआरआई पनि राम्रो सहमति भएको छ । अब यो गठबन्धन पूरा समयसम्म रहन्छ । समस्या भए छलफल हुन्छ । आफ्नो सम्बोधनका क्रममा महामन्त्री गगन थापाले सभापतिले कम बोल्ने भएकाले आफूले समय लिएको बताएका थिए । त्यसबारे देउवाले ‘बढी बोल्ने मानिस आफू सकिने तर कम बोल्नेले अरूलाई सक्ने’ भन्दै ठट्यौली गरे ।

प्रधानमन्त्रीको भ्रमणअघि चीनबाट बीआरआईको खाका आएपछि धेरै छलफल गरिएको र नेपालले प्रस्ताव गरेका विषय त्यसमा समेटिएको उनले बताए । उनले भने, मैले भनेकै कुरा हुनुपर्छ भन्ने चीन वा नेपालको कुरा भए पनि कतिपय विषय संशोधन भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका विषयमा नेताहरूबाट फरक मत आउन थालेको भन्दै यस्तो हुन नहुनेमा जोड दिए । उनले भने, संविधानको मूल कुरा यताउता नगरी समृद्ध बनाउने गरी संविधान संशोधन गरिनुपर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *