धनगढीका नगरप्रमुख गोपाल हमाल अस्वस्थ

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल अस्वस्थ भएका छन् । उनी भारतको राजधानी दिल्लीमा उपचाररत छन् । 

दिल्लीस्थित म्याक्स अस्पतालको ‘न्युरोइन्टेन्सिभ केयर’मा उनको उपचार भइरहेको छ । धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार गराइरहेका हमालको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि शनिबार भारतको दिल्ली लगिएको थियो । टाउकोको पछाडिको नसा ब्लक भएको डाक्टरले बताएको नगर उप-प्रमुख कन्दकला कुमारी रानाले जानकारी दिइन् । “अहिलेसम्मको अवस्था अनुसार डाक्टरहरूले अप्रेसन गर्नुपर्दैन भन्नु भएको छ,” उनले भनिन्, “अवस्था सुधारोन्मुख छ ।” ४८ घण्टाको निगरानीपछि चिकित्सकले थप उपचार प्रक्रिया अगाडि बढाउनेछन् ।

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर हमाल नगर प्रमुखमा निर्वाचित भएका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *