एनआईसी एसिया बैंक र रेडिसन होटलबीच सम्झौता
काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले रेडिसन होटल काठमाडौंमा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गर्ने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले न्यूनतम १० प्रतिशतदेखि अधिकतम २० प्रतिशतसम्म होटलले उपलब्ध गराउने विभिन्न सेवामा छुट प्राप्त गर्नेछन् ।
सम्झौतापत्रमा बैंकका चिफ डिजिटल पेमेन्ट इकोसिस्टम विमल लम्साल र होटलको तर्फबाट फुड एन्ड बेभरेज निर्देशक केदार पाण्डेले हस्ताक्षर गरे । सम्झौताअनुसार होटलको पेस्ट्री सपमा (न्यूनतम १ हजार रुपैयाँको खरिद गर्दा) १० प्रतिशत, एयरपोर्ट रेस्टुरेन्ट, स्पा तथा फुड एन्ड बेभरेजमा १५,१५ प्रतिशत र फिटनेस सेन्टरमा २० प्रतिशत छुट उपलब्ध हुनेछ ।