आसिफ शेख ‘आइएमई पे’ को ब्राण्ड एम्बेसेडर
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले एक कार्यक्रम माझ नेपाली क्रिकेटर आसिफ शेखलाई ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ ।
नेपालको राष्ट्रिय क्रिकेट टिममा दायाँ हाते विकेटकिपररब्याट्सम्यानको रूपमा खेल्दै आएका शेखले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेलहरूमा कम उमेरमै कैयौँ कीर्तिमान प्राप्त गरिसकेका छन् ।नेपाली क्रिकेटको लागि हाम्रो समर्थन जारी राख्दै, हामी विश्वास गर्छौँ कि यो साझेदारी खेलकुद र डिजिटल भुक्तानीलाई जोड्ने एक उत्कृष्ट कदम हुनेछ,यो साझेदारीले डिजिटल फाइनान्सको सम्भाव्यतालाई नेपाली क्रिकेटको जोशसँग जोड्न महत्त्वपूर्ण कदम चालेको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।