काठमान्डुसँग लुम्बिनी १८ रनले हार्यो, हारसँगै बाहिरीयो प्लेअफबाट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले काठमान्डु गुर्खाजसँग हार व्यहोरेको छ । हारेसँगै प्लेअफ होडबाट बाहिरिएको छ ।

आज (बुधबार) कीर्तिपुरस्थि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनी एक खेल अगावै लिग चरणबाट बाहिरिने पक्का भएको हो । ६ खेल खेलिसकेको लुम्बिनीले हालसम्म १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ ।

काठमान्डुको भने ४ खेलमा आजको जित दोस्रो हो यस अघि काठमान्डुले कर्णाली याक्सलाई जितेको थियो ।

लुम्बिनीले काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याउदा १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा अलआउट भयो । लुम्बिनीका लागि सन्दिप जोराले २९ बल खेल्दै २ चौकाको मदतमा सर्वाधिक २६ रन बनाए । यस्तै उन्मुक्त चन्दले १४ रन जोडे । सूर्य तामाङले अविजित ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा काठमान्डुका कप्तान करण केसीले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दिपेश कँडेलले ४ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए । जेरार्ड एरासमसले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । रासिद खानले १ विकेट लिए ।

त्यसअघि टुयु अन्तराष्ट्रिय कृक्रेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो । काठमान्डुका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए ।

बलिङमा साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । रामोन सिमोण्ड्स र अभिशेष गौतमले २–२ विकेट लिए । सूर्य तामाङ र विवेक यादवले समान १ विकेट लिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *