‘शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाऔँ’

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

ब्रिजवाटर कलेजद्वारा आज काठमाडौँमा आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा शब्द आफैँमा गुणस्तरीय भएको बताए । शिक्षा क्षेत्रमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान भएको उल्लेख गर्दै मन्त्री पौडेलले गुणस्तरीय नभनीकनै शिक्षा शब्दले राम्रो शिक्षा भनेको भन्ने बुझिने गरी गुणस्तरको सुनिश्चितता गरिनुपर्ने बताएका हुन् ।

हुनेबाट लिएर नहुनेलाई राज्यले सहयोग गरी अभिभावकत्व ग्रहण गरेर सहयोग गर्नुपर्ने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *