व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खोजिएको छ- मन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन भएसँगै विकासको काम पनि भएको बताएका छन् । 

शुक्रबार चितवनमा नेशनल सिटी अस्पतालको भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खोजिएको बताएका हुन् । केही पनि भएको छैन भनेर यहाँ जुन भाष्य बनाउन खोजिएको छ । ०४६ पछाडि जन्मिएको पुस्तालाई त्यो भन्दा अगाडि कस्तो थियो ? थाहा नहुन सक्छ । आफ्नै बुबाहरूसँग,अघिल्लो पुस्तासँग सोध्न सकिन्छ, उपप्रधानमन्त्री सिंहले भने, “व्यवस्था मात्रै परिवर्तन भएको छैन, विकासको काम पनि भएको छ ।

सामाजिक आर्थिक क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ ।” परिवर्तनको आभास हरेक नागरिकमा पुर्‍याउन केही समय लाग्ने भन्दै सरकारले त्यसका लागि काम गरिरहेको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *