पारिजात साकोसको १६ औं साधारण सभा सम्पन्न
भक्तपुर । पारिजात बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा ईम्पेरियल बैक्केट सुनपा ५ मा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टंकराज काफ्लेको अध्यक्षता तथा राष्टिय सहकारी महासंघका सञ्चालक सदस्य टेकप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको छ । अतिथीहरुमा मन्दरा मिश्र संचालक नेफ्स्कुन,शम्भुलाल श्रेष्ठ,कोषाध्यक्ष बागमती प्रदेश सहकारी संघ, राजकुमार जोशी वडाअध्यक्ष सुनपा ५,सहाना पसखल प्रतिनिधी, उपाध्यक्ष जिल्ला सहकारी संघ, भक्तपुर ,राजेन्द्र कुमार श्रेष्ठ सुनपा सहकारी शाखा प्रमुख, कृष्णश्वरी प्रजापती संचालक जिल्ला सहकारी संघ लि , भक्तपुर ,लक्ष्मी बस्याल , लेखा सुपरिवेक्षण समिती संयोजक किरण थापा सचिव ,श्यामकृष्ण मास्के , कोषाध्यक्ष ,संचालक समितीका सदस्यहरु निरञ्जना धौभडेल,नरविक्रम रायमाझी ,बिधा भटराई र लेखा सुपरिवेक्षण समिती सदस्यहरु लक्ष्मी प्रसाद कोजु , लक्ष्मण लुइटेलको उपस्थिती रहेको थियो । साधारणसभाको अध्यक्षता गर्दै सो संस्थाका अध्यक्ष काफ्लेले यस संस्थाले वर्तमान संविधानले अंगिकार गरेको तीनखम्बे अर्थनिती बमोजिम राज्यको सहकारी ऐन, नियमावली ,नीति र निर्देशन अनुसार कार्य गर्दै आएको र यस अनुरुप संस्थाको आफ्नै विनियम छ र त्यही विनियम अन्तर्गत रहेर आफ्ना कार्य चुस्त दुरुस्त तथा छिटो छरितो होस् निती तथा आन्तरिक कार्यविधीहरु बनाई लागु गरिएको बताउनु भयो ।
सभामा निवर्तमान अध्यक्ष ,तरलता ब्यवस्थापन निर्देशक ध्रुव बहादुर रायमाझीले प्रस्तुत तरलता ब्यवस्थापन सम्बन्धी प्रतिवेदन पेश गर्नु भएको थियो । संस्थाका सचिव किरण थापाले आ.व २०८०,०८१ को बार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रम सञ्चालन उपाध्यक्ष सुरज थापाले गर्नु भएको थियो । सो अवसरमा बिभिन्न ब्यक्तिहरु सम्मानित भएका छन् । संस्थाको शेयर पूँजी रकम – ११,४१,५५,०००, कुल निक्षेप रकम – ७०,९८,६७२६८।०७, कुल ऋण लगानी – ८१,५८,५१,१४५।१०, कोष हिसाब – ११,७६,५१,९४०।७१, कुल सम्पत्ति – ९८,४९,१९,५०४।९४ रहेको छ ।
सम्मानित हुनेहरुमा उत्कृष्ट कर्मचारीको रुपमा पारु खनाल ब्यवस्थापक ,उत्कृष्ट कर्मचारी सम्मान ,बचततर्फ बिशेष बचतमा कोपिला लिम्बु ,साधारण बचत सरोज पाण्डे,गृहेणी बचत सुस्मा राई,खुत्रुके बचत उमेश कार्की,स्वर्णिम बचत जलकुमारी थापा ,आवधिक बचत मिना भण्डारी कार्की, नियमित बचत जय प्रकाश वन,असल श्रmणितर्फ जानकी केसी,माँया तामागं,शर्मिला विसुन्के रोका,भगवती चालिसे ,बिमला धमला,रामभक्त किवाछें,आयुष्मा बस्नेत तामाग ,कृष्णप्रसाद गौत्तम र निजी बिधालयतर्फ अग्रज चापागाई ३.९५ र श्रीया थापा ३.८१ सम्मानित भएका थिए ।
संस्था २०६५ साल श्रावण १६ गते तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरमा दर्ता भएको यस संस्थाको कार्यालय भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जेमा रहेको छ । यो संस्था सहकारिताको विश्वब्यापी सिद्धान्त, मुल्य मान्यता तथा नेपाल सरकारको सहकारी ऐन, नियमावली र नीति निर्देशिकाको अधिनमा रहि संस्थाको कार्यक्षेत्रमा छरिएर रहेको पूँजि एकिकृत गर्दै शेयर सदस्यहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुर्याउने हेतुले स्थापित भई संचालित संस्था हो । समुदायमा आधारित सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वशासित सङ्गठनको रुपमा यसले हाल २७०९ शेयर सदस्य र ४७१ बालबचत कर्ताहरूलाई सेवा पुर्याइरहेको छ ।
संस्थाले आफ्नै नाममा दर्ता कायम रहेको ० –९ – ०– १ –० क्षेत्रफल जमीन खरिद गरी साढे चार तल्ले सुविधा सम्पन्न कार्यालय भवन समेत निर्माण गरी सदस्यहरुलाई सेवा दिदै अघि बढि रहेको यो संस्था भक्तपुर जिल्ला भर कार्यक्षेत्र रहेको एक सफल संस्थाको रुपमा रहेको छ ।