निर्मला शर्मा पत्रकार महासंघ अध्यक्षमा विजयी
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् ।
मधेस प्रदेशबाहेक अन्य प्रदेशमा मत गणना सकिँदा उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी छन् । पछिल्लो मतगणनाअनुसार शर्माले ३ हजार ९ सय ७३ मत पाउँदा विष्टको पक्षमा २ हजार ८ सय २९ मत देखिएको छ।
शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्षकी उम्मेदवार हुन् । अन्य पदाधिकारीमा पनि शर्माकै प्यानल अगाडि देखिएको छ ।
शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महासचिवमा रामप्रसाद दाहाल लगायतका पदाधिकारीहरूले अग्रता लिइरहेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय सन्चारग्राममा विजय र्यालीको तयारी भैरहेको छ ।