पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व

काठमाडौँ । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व हुने भएको छ ।

शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाउने भएको हो । केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा अधिकांश शर्मा नेतृत्वको प्यानलका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ । कोषाध्यक्षमा भने रामकृष्ण अधिकारीले जित नजिक छन् । विष्ट प्यानलका उनी प्रेस सेन्टरका नेता हुन् ।

महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो । पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा मतदान सकिए लगत्तै मतगणना सुरु भएको थियो । आइतबार बिहानसम्म मतगणना लगभग सकिएको छ । तर मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *