प्रधानमन्त्री ओलीद्वारा यमरीपुन्ही, धान्य पूर्णिमा र उँधौलीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले स्थानअनुसारका पर्व मनाइने गरिएको उल्लेख गर्दै भनेका छन्, “आज धान्य पूर्णिमाको दिन । पुरानो कृषि युगमा यस दिनको ठूलो महत्व छ । असारमा रोपेको धान मङ्सिरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकाले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो ।”

प्रधानमन्त्री ओलीले पूर्वी पहाडमा जाडो छल्न उँभो लेकबाट बेँसी (उँधो) झर्ने दिनका रूपमा आज उधौली पर्व मनाइने प्रचलन रहेको बताएका छन् ।

उनले लेखेका छन्।

सबैलाई शुभ बिहानी !

आज धान्य पूर्णिमाको दिन। पुरानो कृषि युगमा यस दिनको ठूलो महत्त्व छ। असारमा रोपेको धान मंसीरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकोले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो। आज ज्यापु दिवस पनि हो । काठमाडौँ उपत्यकामा चामलबाट बनाइएको यःमरी खाएर यःमरी पुन्ही मनाइन्छ भने पूर्वी पहाडमा जाडो छल्न उँभो लेकबाट बेंसी (उँधो)झर्ने दिनका रूपमा आज उधौली पर्व मनाइन्छ। नेपालमा बसोबास गर्ने धेरैजसो जातिहरूको आजको दिनमा कुल पूजा गर्ने चलन छ र विभिन्न ठाउँमा मेला लाग्छ।

ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर छन्, सबैलाई शुभकामना !!

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *