परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारतको नयाँ दिल्ली पुगेकी छिन् । उनी युरोपका केही कार्यक्रममा सहभागी भइ बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्ली गएकी हुन् ।

उनले भोलि नयाँ दिल्लीमा आयोजना हुने नेपाल(भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछिन् । त्यसपछि मन्त्री डा. राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउनेछिन् । उनी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *