सुनको मूल्य तोलामा ५०० ले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *