एमालेको सचिवालय बैठक पुस १० गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

आगामी पुस १० गते ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय संगठन विभागको संगठन विस्तार योजनाबारे छलफल गरिने छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *