नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट नेपाल आएका एक व्यक्ति मृत घोषित
काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुलाई अस्पताल मृत घोषणा गरेको छ ।
निगमको आरए ४१० उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बुलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार जहाजभित्र अचेत अवस्थामा भेटिएको र आफन्तहरू रिसिभ गर्न विमानस्थलमै आएकाले संम्बान्धित परिवारलाई जिम्मा लगाइएको हो ।
विमानस्थलमा विमान अवतरण हुनासाथ उक्त अचेत रहेका व्यक्तिलाई उपचारका लागि नजिकैको अस्पताल केएमसी पुर्याइएको र अस्पतालले मृत घोषणा गरेको प्रवक्ता रमेश पौडेलले बताए । जहाजमा अचेत अवस्थामा रहेका यात्रुको अवस्थाका बारेमा एकिन भन्न नसकिने भएकाले विमानस्थलको आकस्मिक सेवा हेर्ने केएमसी अस्पतालमा पठाइएको उनको भनाइ छ ।