रविविरूद्ध मुद्दा दायरको जानकारी संसदलाई गराइँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध मुद्दा दायर भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पठाउने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले संसद सचिवालयलाई जानकारीसहित पत्र पठाउन लागिएको न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् । कुनै पनि सांसदविरूद्ध भएको कामकारबाहीका सम्बन्धमा सम्बन्धित निकायले संसद सचिवालयलाई जानकारी गराउनु पर्ने कानुनी व्‍यवस्था छ ।

मुद्दा दायर गर्ने सरकारी वकिलको कार्यालयले संसद सचिवालयलाई पत्र पठाउँछ । संसद महासचिवले सभामुखसमक्ष पेश गर्नेछन् । सभामुखले नियमावली उल्लेख गरेर संसद चलेको भए संसदमा र सदन नचलेको भए सूचना पार्टीमा सूचना टाँसेर जानकारी गराइन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *