पार्टी एकताबद्ध भएर जानुको विकल्प छैन- कृष्णप्रसाद सिटौला

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी एकताबद्ध भएर जानुको विकल्प नरहेको बताएका छन् ।

नेपाली काँग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौँ महानगर स्तरीय भेलालाई सम्बोधन गर्दै सिटौलाले देश र जनताको विकासका लागि पार्टीभित्रको मतभेद अन्त्य गर्दै एकताबद्ध भएर जानुको विकल्प नरहेको बताएका हुन् ।

काँग्रेसको नेतृत्वले मात्रै मुलुकमा देखिएका अर्थतन्त्र लगायतका समस्या समाधान गर्न सक्ने उनले बताए । सिटौलाले व्यक्तिगत नभई जनताको स्वार्थसिद्ध गर्नका लागि पार्टीमा आबद्ध भएकाले यसबारे गहन भएर सोच्न कार्यकर्तालाई सुझाव दिए ।

गएको निर्वाचनमा अन्य दलहरूसँग गठबन्धन गरे पनि आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्ने भएकाले अहिलेदेखि नै त्यसको तयारी गर्नुपर्ने उनले जोड दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *