रास्वपाले बोलायो आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ ।

सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएपछि रास्वपाले आज साँझ ४ बजे बस्नेगरी बैठक बोलाएको हो । उपाध्यक्ष डीपी अर्यालले भर्चुअल माध्यमबाट सचिवालय बैठक बस्ने जानकारी दिए । कतिपय नेताहरू उपत्यकाबाहिर रहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको अर्यालको भनाइ छ ।

बैठकले सम्भवतः रास्वपाको कार्यवाहक सभापति तोक्नेछ । रास्वपामा कार्यवाहक सभापति उपाध्यक्ष अर्याललाई नै तोक्ने अनौपचारिक समझदारी भइसकेको बताइन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *