क्रिसमसको अवसरमा भाटभटेनी सुपर मार्केटमा नामी

काठमाडौं । चिनियाँ कार ब्रान्ड नामीले नेपालभरका ग्राहकलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्ने भएको छ । क्रिसमसको सिजनमा नामीले डिसेम्बर २३ देखि २५ सम्म काठमाडौं उपत्यकाका केही भाटभटेनीमा ग्राहकहरुले सान्ता क्लसलाई भेट्ने, सर्प्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी , नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउने भएका हुन् । ‘अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी’ डिसेम्बर २३ मा सुरु भएको छ ।

यो सिजन काठमाडौं उपत्यकाभित्र भक्तपुर, कोटेश्वोर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा डिसेम्बर २५ सम्म चल्नेछ । डिसेम्बर २५ मा काठमाडौं उपत्यका बाहिर विस्तार भएर नेपालका प्रमुख शहरका वीरगन्ज, विराटनगर, चितवन, पोखरा र बुटवलको भाटभटेनीमा समेत ग्राहकले यसको अनुभव लिन पाउनेछन् । सहभागीहरूले सान्ता क्लसलाई भेट्ने अवसरहरू र विशेष सर्प्राइज उपहारहरू प्राप्त गर्न पाउनेछन् । यसबाहेक, ग्राहकहरुले द बिग ह्याच नामीको टेस्ट ड्राइभ गरी यसका लक्जरियस फिचर्स् हरु आफैं अनुभव गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *