जाजरकोट केन्द्रविन्दु गरेर भूकम्पको धक्का

जाजरकोटमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जारकोटमा बिहान ६ः३३ बजे ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो। पश्चिम नेपालमा पुस यता मात्रै ५ वटा भूकम्पको धक्का महसुस गरिएको छ।

पुस २ गते बझाङ केन्द्र गरेर ४.३ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यस्तै पुस ३ गते बझाङमै ४.१, पुस ५ गते बाजुरमा ५.२ म्याग्नेच्युडको भूकम्प गएको थियो। पुस ९ गते दार्चुलामा ४.० म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *