प्रभु बैंकका ग्राहकलाई हिमाल र विभान्ता डेन्टल हस्पिटलमा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहकलाई हिमाल र विभान्ता डेन्टल हस्पिटलमा छुट हुने भएको छ । काठमाडौं महानगरपालिका, वाड नं २८, कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालि तथा काठमाडौं महानगरपालिका ,वाड नं ०४, धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित डेन्टल हस्पीटल प्रालिको दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २० प्रतिशत छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पीटल प्रालि र हिमाल डेन्टल हस्पीटल प्रालिमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणा को संयुक्त हस्ताक्षरबीच सम्पन्न भयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *