आजदेखि मध्यपुर महोत्सव २०८१ सुरु

भक्तपुर । आन्तरिक र बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले भक्तपुरको मध्यपुर थिमिमा आजबाट मध्यपुर महोत्सव २०८१ सुरु भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा आजबाट तीन दिनसम्म चल्ने महोत्सवको उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । महोत्वसको उद्‍घाटन गर्दै उहाँले सम्पदाको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सृजना गर्न सकिने बताउनुभयो । मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै नगर र नगरबासीको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्‍याउन महोत्सवको आयोजना गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । महोत्सवमा मौलिक खाना, नेवा भोज, कला–संस्कृति, चित्रकला तथा हस्तकला, मौलिक बाजागाजा, परम्परागत सीप र खेल स्थानीय पेशा, व्यवसाय, मौलिक उत्पादन, माटोका भाँडालगायत वस्तुहरू प्रदर्शन गरिएको छ । महोत्सjमा २५ वटा मौलिक नाच, ४५ वटा दाफा भजन, १ सय ५ स्थानमा घरेलु उत्पादन १६ स्थानमा माटोका समग्री र सेरामिक्स लगायत ३ सय ४७ स्थानमा विभिन्न कला सस्कृतिहरुको स्टलकहरु राखिएका छन ।

यस्तै महोत्वसमा वर्षभरि मध्यपुर थिमिमा मनाउने जात्रा पर्व, नेवार समुदायमा जन्मदेखि मृत्यु संस्कार गरिने परम्परा समेत प्रर्दशन समेत गरिएको छ । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले हाम्रा पुर्खाहरुले दिएका सम्पत्तिहरुलाई हामीले संरक्षण, पुर्ननिर्माण, पुनर्जीवित, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्ने हाम्रो कर्तव्य रहेको बताउँदै यस्ता खालका महोत्सवबाट आर्थिक समृद्धि हासिल गर्ने बताउनुभयो । प्रतिनिधिसभा सदस्य सन्तोष परियारले नेवार समुदायको बाहुल्यता रहेको काठमाडौं उपत्यकालाई साँस्कृतिक सहर घोषणा गरिनुपर्नेमा जोड दिनुभयो । यस्तै, बागमती प्रदेशका सदस्य डा। राजेन्द्रमान श्रेष्ठ, पूर्वनगरप्रमुख मदनकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिका सभापति हरिदास प्रजापति, उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुर थिमिभित्र रहेका मूर्त, अमूर्त सम्पदालाई विश्वसामु चिनाउन, देखाउन, सम्झाउन र बुझाउनका लागि महोत्सव आयोजना गरिएको बताउँदै यसलाई सबै मिलेर सफल बनाउनु पर्नेमा जोड दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *