काभ्रेपलाञ्चोक बचत संघको २७ औं साधारण सभा

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष उदयराम कायस्थको सभाध्यक्षतामा भएको सभाको प्रमुख अथिति सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे रहेका थिए । रजिष्ट्रार घिमिरेले काभ्रे जिल्ला सहकारीको उर्वर भूमि रहेको र २००० सालमै काभ्रेबाट सहकारी सुरुवात भएको अभिलेख पाइएको बताए । सहकारीले सदस्यको दिगो विकास हुने गरि कार्य गर्नुपर्ने उनले बताए । सबै सहकारी नराम्रो नरहेको र नराम्रासँग चलेका सहकारी संस्थाहरुलाई कानुनी कारवाही गर्ने समेत उनले जनाए । सहकारी अभियानमा जीवन समर्पण गरेका, राम्रा सहकारी निर्माण गरेका व्यक्तिहरु र बदमासी गर्नेलाई छुट्याएर जान अध्यादेश ल्याएको सो अवसरमा उनले जनाए । कर्जा सूचना केन्द्र आएको, ऋण असुली न्यायधिकरण छिट्टै कार्यान्वयनमा ल्याइने उनको भनाई छ । सदस्य केन्द्रित सहकारी संस्था निर्माण गर्नुपर्ने र सहकारी ऐन, नियमावली, कोपोमिस, र सम्पत्ति सुद्धिकरणलाई कार्यान्वयनमा ल्याएमा सहकारीमा कुनै समस्या नआउने कुरामा आफु ढुक्क रहेको उनले जनाए । सभामा नेफस्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुभकामना मन्तव्य राख्दै बचत संघ काभ्रेले सहकारी संस्थाहरुको विकास र प्रवर्दनमा अभिभावकीय भूमिका निर्वाह गर्न सकेको बताए । हालै जारी गरिएको सहकारी अध्यादेशमा गहिरो अध्ययन गरि राम्रा कुराहरुलाई सम्मान गर्दै केही संशोधन गर्न आवश्यक देखिएको कुराहरुमा नेफ्स्कुन सिङ्गो अभियानको प्रतिनिधित्व गर्दै लाग्ने प्रतिवद्धता व्यक्त गरे । सभामा संघका बरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीले समृद्धिको आधार सहकारी भएको र केही सहकारी संस्थाहरु नीति र विधिमा नचलेका कारणले समुदाय र सदस्य केन्द्रीत सहकारीमा पनि त्यसको प्रभाव परेको बताए । संघले स्थापना काल देखि २७ औं वर्ष सम्म गरेका कार्यहरुको संक्षिप्तमा उनले जानकारी जनाए । सो अवसरमा संघले विभिन्न विधामा संस्था तथा व्यक्तिलाई सम्मान गरेको थियो ।

उत्कृष्ट कारोबारतर्फ बनेपा न.पा. वडा नं. १०, स्थित माइक्रो श्रमिक साकोस, उत्कृष्ट कारोबार गर्ने महिला सहकारी संस्थाहरु मध्ये बनेपा न.पा. वडा नं.१०, स्थित भक्तेश्वरी नारी चेतना साकोस, गाँउपालिका तर्फ उत्कृष्ट कारोबार गर्ने तालढुङ्गा वडा नं ५, स्थित सूर्यमुखी साकोस, स्थानीय तह उत्कृष्ट सहकारी पुरस्कार बनेपा न।पा।का सहकारी शाखा प्रमुख दिनेश कुमार पोखरेललाई प्रदान गरिएको थियो । त्यसैगरी २०८०।०८१ को जिल्लाकै उत्कृष्ट व्यवस्थापन प्रमुख सम्मान लक्ष्मी महिला साकोसका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीलाई प्रदान गरिएको थियो । गत असोज ११ र १२ गते परेको अबिरल वर्षाको कारणले काभ्रे जिल्लामा भएको प्राकृतिक तथा मानवीय क्षतीमा तत्काल राहत पु¥याउन यस संघले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सहयोग गर्ने सहकारी संस्थाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । त्यसैगरी सभामा संघका सचिव सुरेन्द्र प्रसाद पौडेलबाट आ.ब.२०८०।०८१ को वार्षिक प्रगति प्रतिवेदन र आ.ब. २०८१।०८२ को वार्षिक कार्यक्रम तथा योजना प्रस्तुत गरेका थिए । संघका कोषाध्यक्ष जीवन श्रेष्ठले आ.ब.२०८०।०८१ को आर्थिक प्रतिवेदन र आ.ब. २०८१।०८२ को वार्षिक बजेट प्रस्तुत गरेका थिए । लेखा सुपरीवेक्षण समितिका संयोजक शिवप्रसाद आचार्यद्धारा संघको विनियम २०७९ को दफा ४२.५ बमोजिम प्रस्तुत गरिएको आ.ब.२०८०।०८१ को प्रतिवेदनमा उल्लेख गरिएका राय, सल्लाह र सुझावहरुलाई कार्यान्वयन गर्न सचालक समितिलाई ध्यानाकर्षण गराएका थिए । सभामा १०९ सहकारी संस्थाका प्रतिनिधिहरु सहभागी रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *