सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयाघातका कारण शुक्रबार राति निधन भएको छ । उनलाई हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिए पनि बचाउन नसकिएको पारिवारिक स्रोतको भनाइ छ । उनी २०६५ साल भदौ २२ मा न्यायाधीश नियुक्त भएका थिए ।

पदावधि नथपिएपछि उनले २०७० चैत २९ मा अवकाश पाएका थिए । वस्ती करिब ६ वर्षसम्म सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश पदमा रहेका थिए । उनका छोराछोरी अमेरिकामा रहेका कारण आइतबार मात्र अन्तिम दाहसंस्कार गरिने सूचना प्राप्त भएको सर्वोच्चका प्रवक्ता अच्युतप्रसाद पुडासैनीले जानकारी दिए। अहिले उनको शव श्रद्धाञ्जलीका निम्ति नर्भिक अस्पतालमै राखिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *