१७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
काठमाडौं । काठमाडौंको सेतोपुलमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना युवकले डेरामा लगेर बलात्कार गरेका हुन् ।
घटनाबारे पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएपछि बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भएर काठमाडौँ महानगरपालिका–३० स्थित सेतोपुलमा डेरा गरी बस्ने सम्राट् बस्नेत र सरोज महतरा छन् ।
प्रहरीका अनुसार उनीहरुले पुस ९ मा घुम्न जाने भनेर किशोरीलाई ललाई फकाई डेरामा लगेर बलात्कार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।