सहकारी ठगी प्रकरणमा पक्राउ आरोपीको बयान अन्तिम चरणमा
काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका आरोपीहरूको बयान अन्तिम चरणमा पुगेको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा (सोमबार, ०८ पुस) बाट जारी बयान अन्तिम चरणमा पुगेको हो । अहिले बयान चलिरहेको छ । अन्तिम चरणमा रहेको बयान सकिएलगत्तै थुनछेक बहस शुरु हुने बताइएको छ ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, पूर्वसांसद मीना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको बयान लिइएको थियो ।