आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकहरुलाई यती एयरलाइन्सबाट यात्रा गर्दा आकर्षक छुट
काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका ग्राहकहरुलाई यती एयरलाइन्सबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ । आइ.सि.एफ.सि. र यती एयरलाइन्सबीच भएको सम्झौता अनुरुप आइ.सि.एफ.सि.का ग्राहकहरुलाई यती एयरलाइन्सको हवाई टिकट खरिद गर्दा रु.२०० छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौता अनुसार टिकटमा छुट लिनका लागि यती एयरलाइन्सको कुनैपनि काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले आइ.सि.एफ.सि.को डेबिट कार्ड वा आइ.सि.एफ.सि.को मोबाईल बैंकिङ्ग एप मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । यो सम्झौताबाट आइ.सि.एफ.सि.का ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।