कांग्रेसका महामन्त्री शर्माले पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नफर्किन दिए सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्किने सुझाव दिएका छन् ।

शुक्रबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्धारा लिखित ‘आमा,सपना र ताराहरु’ कृति विमोचन कार्यक्रममा बोल्दै शर्माले पुर्व राष्ट्रपति भण्डारी अब राजनीतिमा आउनुभन्दा सामाजिक रुपान्तरणको नायक बन्नुपर्ने धारणा राखेका थिए । उनले भने- ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक रुपान्तरणको प्रेरणाका रूपमा काम गर्नुपर्दछ । यद्यपि राजनीतिमै आउन चाहनुभएको हो कि, नेताहरूले ल्याउन खोज्नुभएको हो । यदि मलाई कसैले सोध्छ भने म अहिलेसम्मका दुवै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवहरू सामाजिक रुपान्तरणको नायक बन्नुपर्छ भन्ने मान्यता राख्दछु ।’

नेकपा एमालेकी तत्कालीन उपाध्यक्ष रहेकी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएपछि फेरि सक्रिय रानीतिमा फर्किन तयारी गरिरहेको अहिले चर्चा रहेको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *