सिबिफिनको अध्यक्षमा पुनः पौडेल

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल पुनः दोहोरिएका छन् । शुक्रबार सम्पन्न पाँचौ बार्षिक साधारण सभाले पौड्यालको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समितिमा सचिव बाहेक सबै सर्वसम्मत चयन भएका छन् । सचिवमा भने निर्वाचन भएको छ । सचिवका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका थानेश्वर पौडेल र एक्सेल डेभलपमेन्ट बैंकका महेन्द्र कुमार गोयल प्रतिस्पर्धा गर्दा पौडेल ३२ मतसहित विजयी भए । सर्वसम्मत हुनेमा अध्यक्षमा उपेन्द्र पौड्याल (नबिल बैंक), वरिष्ठ उपाध्यक्षमा राजेश उपाध्याय (महालक्ष्मी विकास बैंक), उपाध्यक्षमा कुशप्रसाद मल्ली (रिलायन्स फाइनान्स) , महासचिवमा प्रचण्डबहादुर श्रेष्ठ (हिमालयन बैंक), कोषाध्यक्षमा तुलसीराम अग्रवाल (एनआईसी बैंक), सह–कोषाध्यक्षमा गौरव बुढाथोकी (गोर्खा फाइनान्स) रहेका छन् ।

यस्तै सदस्यहरुमा राजाराम खड्का (कुमारी बैंक), डा. बाल गोपाल वैद्य (एभरेष्ट बैंक), लिलाप्रकाश सिटौला (प्रभु बैंक), मनोज कुमार गोयल (एनएमबी बैंक), डा. चन्द्र बहादुर अधिकारी (नेपाल बैंक), राधेश पन्त (ग्लोबल बैंक), रमण नेपाल (लक्ष्मी सनराइज बैंक), सुदिप आचार्य (कामना सेवा विकास बैंक), चिन्तामणि भट्टराई (लुम्बिनी विकास बैंक) र लक्ष्मीप्रसाद मर्हजन (प्रोग्रेसिभ फाइनान्स) सर्वसम्मत चयन भएका छन् । सिबिफिनमा समूह ‘क’ अन्तर्गत पूर्वाधार बैंकसहित वाणिज्य बैंकबाट अध्यक्ष, महासचिव र कोषाध्यक्ष १–१ जना सदस्य ७ सहित १० जना रहने व्यवस्था छ । यस्तै समूह ‘ख’ अन्तर्गत विकास बैंकबाट वरिष्ठ उपाध्यक्ष १, सचिव १ र सदस्य २ सहित ४ जना रहने व्यवस्था छ । यस्तै समूह ‘ग’ अन्तर्गत वित्त कम्पनीबाट उपाध्यक्ष १, सहकोषाध्यक्ष १ र सदस्य १ सहित ३ जना रहने व्यवस्था छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *