पूर्वआइजीपी सर्वेन्द्र खनालले छोडे एमाले
काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालले नेकपा एमाले छोडेका छन् ।
खनालले सामाजिक सञ्जालमा अहिले आफू कुनै पनि पार्टीमा नरहेको बताएका हुन् ।
उनले लेखेका छन्-
हजुरहरु मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यम बाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैं सक्दो कार्यहरु गरिरहने छु ।
उनी एमालेबाट काठमाडौँ-६ मा प्रतिनिधि सभाको उम्मेदवार समेत बनेका थिए भने तनहुँ-१ को उपनिर्वाचनमा समेत एमालेबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेर पराजित भएका थिए ।