स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रविसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ । अभियुक्तहरुबाट एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गरी ३९ जना विरुद्ध मुद्दा दर्ता गराएको हो । ३९ जनामध्येका एक रास्वपाका सभापति रवि लामिछाने रहेका छन् ।
उनलाई पनि मुख्य अभियुक्त बनाइएको छ । काठमाडौं प्रहरीले स्वर्णलक्ष्मीको अनुसन्धान गरेर प्रतिवेदन बिहीबार वकिल कार्यालय बुझाएको थियो । अभियुक्तहरुमा ओखलढुंगाका गितेन्द्र बाबुराई सहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र लामिछाने पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जना छन् ।