माघ १ गतेदेखि प्रधानमन्त्री कप टी २० महिला राष्ट्रिय क्रिकेट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता माघ १ देखि सुरु हुने भएको छ । क्यानले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै ९ टोली सहभागि प्रतियोगिता धनगढीमा हुने जानकारी गराएको हो । प्रतियोगिता माघ १ देखि १२ गतेसम्म सुदुरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला स्टेडियममा हुनेछ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ७ प्रदेश र दुई विभागीय टोली गरी ९ टोलीले प्रतिस्पर्धा गर्नेछ । यस पटक त्रिभुवन आर्मीको महिला टिमले पनि खेल्दैछ । सहभागि टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, एपीएफ र सुदूरपश्चिम प्रदेश समूह ए मा छ भने कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब समूह बी मा छन् । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै पहिलो दिनमै कर्णाली प्रदेश र एपीएफबीच दोस्रो खेल हुनेछ । दुवै समूहको शीर्ष दुई टोली सुपर फोर राउण्डमा प्रवेश गर्नेछन् । जहाँ समूह ए को शीर्ष दुई टोलीले समूह बी का शीर्ष दुई टोलीसँग खेल्नेछन् । सुपर फोरमा एकै समूहको टोलीबीच भने खेल हुने छैन । सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *