सोमबार सेयर बजार उच्च अंकले बढ्यो

काठमाडौँ । सोमबार सेयर बजार उच्च अंकले बढेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४९.१२ अंक बढेसँगै २६४० अंकमा पुगेको छ । परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३० करोडको भयो । २२६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै सेक्टरका सूचक बढे । हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै ३.५५ प्रतिशत बढ्यो ।

बैंकिङ १.०९, विकास बैंक २.४६, फाइनान्स १.१९, होटेल तथा पर्यटन २.९९, लगानी ३.२३, जीवन बीमा २.२९, उत्पादन १.८९, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.०४, अन्य १.७६ र व्यापार ०.४६ प्रतिशत बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *