नेकपा एमालेको केन्द्रिय समिति बैठक जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रिय समिति बैठक जारी भएको छ ।

गत आइतवार देखी काठमाडौंमा सुरू भएको केन्द्रिय समिति बैठकमा धारणा राख्ने क्रम नसकिएकाले आज पनि जारी रहेेको हो । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमा हिजो ६४ जना केन्द्रिय सदस्य र ५२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यहरूले आ आफ्नो धारणा राखेका थिए । आज बाँकी केन्द्रिय सदस्यहरूले धारणा राख्ने एमालेले जनाएको छ । अध्यक्ष ओलीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अनावश्यक ‘दाउँपेच र छलछाम’ कारण कांग्रेस एमाले गठबन्धनको सरकार बनेको तर्क गर्दै मुलुकको राजनीतिक स्थायित्वका लागि २०८४ सम्म गठबन्धन कायम रहने जनाएका छन ।

कांग्रेसको समर्थनमा बनेको सरकारले ६ महिना भित्र उल्लेख्य प्रगति गरेको दावी गर्दै आर्थिक बिकासमा लागि परेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन । सरकारमा नहुदाँ ३.९ प्रतिशतको आर्थिक बृद्दीदरमा सिमित भएको बेला सरकारको नेतृत्वमा आएको दाबी गर्दै ओलीले आफ्नो कार्यकालमा ५.१ प्रतिशतको लक्ष्य चुम्न लागेको दाबी गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *