बलात्कार अभियोगमा पूर्वमेयर जेल चलान

काठमाडौं । बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी घरमा काम गर्न राखिएकी १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा जेल चलान भएका छन् ।

शिवाकोटीलाई प्रहरीले मंसिर २४ मा नियन्त्रणा लिएको थियो । शिवाकोटीलाई सोमबार जेल चलान भएका हुन् । झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए ।

पूर्वमेयर शिवाकोटीविरुद्ध पीडितले किटानी जाहेरी दिएकी थिइन् । आइतबार शिवाकोटीसँग बयान लिइएको थियो । उनको पक्षमा अशोक पोखरेल, गजेन्द्र आचार्य, टंक उप्रेती, बालकुमार कट्वाललगायतका कानून व्यवसायीले बहस गरेका थिए । यसअघि अदालतले उनलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *