भूकम्पबाट क्षति भए,नभएको विवरण संकलन गर्न प्रहरी युनिटलाई निर्देशन

काठमाडौं । नेपाल प्रहरीले भूकम्पबाट क्षति भए,नभएको विवरण संकलन गर्न सुरु गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले देशभरका प्रहरी युनिटलाई स्थानीयस्तरमा पुगेर क्षति भए अथवा नभएको जानकारी संकलन गर्न निर्देशन दिएको हो । प्रहरीका केन्द्रीय प्रवक्ता विश्व अधिकारीले विशेषगरी उत्तरी क्षेत्रमा स्थानीयस्तरमा पुगेर जानकारी लिन निर्देशन दिएको जानकारी दिए ।

उत्तरी क्षेत्रनजिक केन्द्रविन्दु भएकाले त्यसक्षेत्रमा थप सक्रिय हुन प्रहरी युनिटलाई सर्कुलर जारी गरेका छौँ,” प्रवक्ता अधिकारीले भने । बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *