पुर्वप्रधानमन्त्री भट्टराईले दिए ओलीलाई बाघ र प्रचण्डलाई ब्वाँसोको संज्ञा
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बाघ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ब्वाँसोको संज्ञा दिएका छन् ।
दुवै पार्टीको केन्द्रीय कमिटी बैठकलाई तुलना गर्दै भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली अलि बढी खुला र प्रष्ट भएको विश्लेषण गरेका छन् । उनले लेखेका छन्- बरू ओली अलि बढी खुला र प्रष्ट ! प्रचण्ड सदा झैं कुटील र छद्म ! उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सदा झैँ कुटिल र छद्म रहेको टिप्पणी गरेका छन् ।
उनले नेपालको जटिल भूराजनीतिक सन्दर्भ केलाउँदै नेपाल र रूसको नियति फरक होला ? भन्दै प्रश्न समेत गरेका छन्।
ओली र प्रचण्डका ‘कम्युनिष्ट’ पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो – बाहिरी रूप ‘समाजवादी’ भित्री सार ‘नोकरशाही पुँजीवादी’!
बरू ओली अलि बढी खुला र प्रष्ट! प्रचण्ड सदा झैं कुटील र छद्म! खासगरी नेपालको जटील भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजी (revolutionary phrase-mongering) को प्रयोगमा!
बाघ vs ब्वाँसो?
नेपाल र रूसको नियति फरक होला?