डोङफेङ नामी ईभीको नयाँ सोरुम नागपोखरीमा

काठमाडौं । डोङफेङ नामी विद्युतीय सवारी (ईभी)को सोरुम नागपोखरीमा सञ्चालनमा आएको छ । नेपालका लागि आधिकारीक बिक्रेता एमएडब्ल्यू वृद्धि मोटर्सले सोरुम सञ्चालनमा ल्याएको हो । यसले असाधारण सेवा र व्यापक ग्राहक अनुभवप्रति नामीको प्रतिबद्धतालाई जोड दिएको कम्पनीको भनाइ छ । नयाँ सोरुमसँगै नामीले सीमित समयका अफरसहितको मेगा टेस्ट ड्राइभ क्याम्प घोषणा गरेको छ । सोरुमको उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन र एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णुकुमार अग्रवालको उपस्थिति रहेको थियो । यस्तै, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायतको उपस्थिति थियो । नामीले नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको कम्पनीले जनाएको छ ।

सार्वजनिक भएको एक महिनामै नामीले ४०० भन्दा बढी ग्राहक प्राप्त गरिसकेको बताएको छ । ग्राहकहरूलाई बहुआयामिक अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको सोरुमबाट परामर्श र आफ्टर सेल्स सर्भिस पनि प्रदान गर्नै कम्पनीले जनाएको छ । नेपालमा हाम्रो अत्याधुनिक शोरूम खोल्न पाउँदा हामी रोमाञ्चित छौँ, एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “यसले हाम्रो बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा हामी विश्वस्त छौँ । नागपोखरीको नयाँ सोरूममा जनवरी ११ देखि १६ सम्म मेगा टेस्ट ड्राइभ क्याम्प आयोजना हुने भएको छ । गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा निःशुल्क नाइट स्टे गर्न पाउने कम्पनीले जनाएको छ। यस्तै ग्राहकहरूले आफ्नो पुरानो गाडी राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी ईभीसँग साट्न सक्नेछन् । नयाँ सोरुमबाट कम्पनीले ुनाउ अर नेभरु मेगा अफरमा ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट पनि दिइरहेको बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *