युट्युब च्यानल चलाउनुहुन्छ, नगर्नुहोस् यी गल्ती

भिडियो स्ट्रिमिंग प्लाटफर्म युट्युब केवल मनोरञ्जनको माध्यम मात्र होइन, कैयन् मानिसहरुका लागि आम्दानीको प्रमुख साधन पनि बनिसकेको छ । यस भिडियो प्लाटफर्ममा दैनिक लाखौं भिडियो अपलोड हुन्छन् र करोडौं मानिसहरुले घण्टौंसम्म युट्युबमा बिताउँछन् । यद्यपि युट्युबमा सफलता प्राप्त गर्नका लागि गुणस्तरीय सामग्रीसँगै यसका नियमहरुको पनि पालना गर्नु आवश्यक हुन्छ । एउटा सानो गल्ती मात्रैले पनि युट्युबमा तपाईंको मिहिनेतमा चिसो पानी नन्याइदिन सक्छ । यहाँसम्म कि तपाईंको युट्युब च्यानल बन्द हुने समस्या पनि निम्तिन सक्दछ यदि तपाईं युट्युबर हुनुहुन्छ वा युट्युबबाट आम्दानी गर्नुहुन्छ भने तपाईंले युट्युबका नियमहरुको पालना गर्नु कति महत्वपूर्ण छ भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ । तपाईंले यी गल्तीहरुबाट बँचेर आफ्नो युट्युब च्यानललाई सुरक्षित राख्न सक्नुहुन्छ । युट्युबमा कुनै पनि यस्ता सामग्रीहरु पोस्ट नगर्नुहोस् जो आपत्तिजनक हुनुका साथै समाजमा घृणा फैलाउने काम गर्दछन् । यदि तपाईंले पहिलोपटक यस्तो गल्ती गर्नुभएको हो भने युट्युबले तपाईंलाई सूचना दिनेछ । दोस्रोपटक गल्ती गर्दा चाहिं तपाईंको युट्युब च्यानलाई स्ट्राइक प्राप्त हुन्छ । यदि तपाईंको युट्युब च्यानलमा तीनवटा स्ट्राइक प्राप्त भयो भने युट्युब च्यानल सधैंका लागि बन्द गरिनेछ । भिडियो अपलोड गर्नुभन्दा अगाडि युट्युबका सबै निर्देशिकालाई ध्यानपूर्वक पढ्नुहोस् । युट्युबले प्लाटफर्ममा के गर्न सकिन्छ र के सकिंदैन भनेर प्रष्ट रुपमा बताएको छ । नियमहरुको उल्लंघन गर्नु तपाईंको च्यानलका लागि भारी पर्नसक्छ र तपाईंको अकाउन्ट बन्द हुनसक्छ । युट्युबमा गीत, कमेडी तथा अन्य प्रकारका भिडियोहरु अपलोड गर्नु सामान्य कुरा हो । तर अश्लील तथा आपत्तिजनक सामग्रीहरु पोस्ट गर्न चाहिं सख्त मनाही छ । यसो गर्नुभयो भने युट्युबले कुनै चेतावनी बिना नै तपाईंको युट्युब च्यानल बन्द गरिदिन सक्दछ । यदि तपाईंले अनुमति बिना कुनै गीत, भिडियो क्लिप वा अन्य प्रतिलिपि अधिकारयुक्त सामग्रीको प्रयोग गर्नुभयो भने त्यस्तो कामलाई युट्युबको कपिराइट नियमको उल्लंघन मानिन्छ । यसको सिधा नतिजा भनेको तपाईंको च्यानल निलम्बन वा बन्द हुनसक्छ । युट्युबमा धार्मिक भावनाहरुमा ठेस पर्‍याउने कुनै पनि प्रकारका भिडियोहरु पोस्ट गर्नबाट बँच्नुहोस् । यस्तो गर्दा तपाईंको अकाउन्ट सधैंका लागि बन्द हुनसक्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *