सहकाली बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न
काठमाण्डौं । कागेश्वरी मनोहरा नगरपालिका वडा न. ९ काँडाघारीमा रहेको सहकाली बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले अध्यक्षको प्रतिवेदन,कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ । सभामा अध्यक्ष राधेश्याम खड्काले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै २०६४ सालमा ६ लाख ३९ हजार शेयर पुँजीबाट सुरु भएको संस्थाको आर्थिक बर्ष २०८०र८१ को असार मसान्तसम्म १० करोड ५१ लाख २८ हजार शेयर पुँजी पुगेको बताए । सहकारीको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा आर्थिक उन्नती गर्नु संस्थाको उदेश्य रहेको भन्दै उनले त्यसका लागि संस्था क्रियशिल रहेको उल्लेख गरे । विगतका बर्षहरुमा वित्तीय क्षेत्रमा तरलता अभाव रहेकाले त्यसको प्रभाव संस्थामा समेत परेकाले वित्तीय व्यवस्थापनमा केही असहज भएको उनले सभालाई जानकारी दिए । वित्तीय क्षेत्रले भोगेको तरलता संकुचन र कर्जा असुलीमा भएको असहजताको कारण कर्जा रकम राफसाफ गर्न धेरै कठिन भएको उनको भनाई छ । बचतकर्ताको साथ सहयोग र विश्वासका कारण ऋण लगानीको ठुलो हिस्सा घटाउन र सदस्यहरुको बचत फिर्ता गर्न सफल भएको उनले जनाए । संस्थामा ३ हजार ४१४ सदस्य आवद्ध रहेको जानकारी दिदै अध्यक्ष खड्काले ९२ करोड ५५ लाख ५७ हजार बचत रहेको जानकारी दिए । संस्थाले गत आ।ब।मा १३ करोड १४ लाख ८ हजार बचतमा ब्याज प्रदान गरिएको उनको भनाई छ । त्यसैगरी संस्थाको ऋण लगानी १ अर्ब १६ करोड ८० लाख रहेको छ । त्यस अवधिमा संस्थाको कुल सम्पत्ति १ अर्ब ४८ करोड ४२ लाख रहेको छ । संस्थाको स्थिर सम्पत्ति ८ करोड ५६ लाख पुगेको छ ।
विगतका बर्षहरुमा निरन्तर संस्थाको जगेडा कोषमा वृद्धि हुँदै आएकोमा पछिल्लो समयमा ऋण असुली नहुँदा जगेडा कोषबाट प्रोभिजन गर्नु परेकाले कोषहरु घट्दै गएको उनले जानकारी दिए । संस्थाले गत आर्थिक बर्षमा ७० लाख ५७ हजार राज्यलाई करमा योगदान गरेको छ ।सभामा लेखा सुपरीवेक्षण समितिको संयोजक कुमार प्रसाद चालिसेले समितिको प्रतिवेदन प्रस्तुत गर्दै नियमनकारी निकायबाट दिएका निर्देशनहरु संस्थाले पूर्ण रुपमा पालना गरेको पाइएको बताए । संस्थाले सदस्यता विस्तार, ऋण लगानी र बचत परिचालन पल्र्स सिद्धान्त अनुसार गरेको पाइएको उनको भनाई छ । हाल संस्थामा तरलता अभावको कारण कारोबारमा ह«ास आएकाले संस्थाप्रति सदस्यको आकर्षण कम भएको भन्दै यसलाई वृद्धि गर्न उनको सुझाव छ । त्यसैगरी सदस्यका आश्रित परिवारलाई सदस्य सुरक्षणकोषबाट मानविय क्षतिमा दिइने आर्थिक सहयोगलाई नीति नियम बनाई पारदर्शी बनाउन र ऋण लगानी वित्तीय ऐन, नियन, बचत तथा ऋण परिचालन नीति र कार्यविधि अनुसार समायनुकुल बनाउन समितिको सुझाव छ ।