सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ४३ करोड ९ लाखको ३.६५१६ प्रतिशत बराबरको बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.१९२२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी तीन अर्ब ५५ करोड ६२ लाख पुगेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८०।८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ । बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय, ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।