लसएन्जलसको आगलागीमा परी २४ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्यालिसेड्सको पहाडी क्षेत्रबाट सुरु भएको डढेलो इटन र हर्स्ट क्षेत्रका बस्तीमा फैलिएको छ । सबैभन्दा धेरै प्रभावित क्षेत्रको पहिलो नम्बरमा प्यालिसेड्स छ ।

प्यालिसेड्सको २३ एकडभन्दा बढी क्षेत्रमा आगो फैलिएको र जम्मा १४ प्रतिशत हिस्सामामात्र आगो नियन्त्रणमा सफलता मिलेको बीबीसीले जनाएको छ । आगो निभाउन पाँच हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ । आगोबाट अति प्रभावित क्षेत्रको दोस्रो नम्बरमा इटन छ । यसको १४ हजार एकड क्षेत्रमा आगो फैलिएको छ र ३३ प्रतिशत हिस्सामा मात्र नियन्त्रणमा लिन सकिएको छ । यसको अर्थ ३३ प्रतिशत क्षेत्रमा आगो निभाइएको नभई आगो फैलिन नदिइएको हो । मौसम विभागका वैज्ञानिक रिच थम्प्सनले सेन्टा आना हावाको वेगले आगो फैलिन मद्दत गरेको र यो तत्काल रोकिने अवस्था नरहेको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *