एमजी मोटर्सको दुई नयाँ अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा
काठमाडौं । पारामाउन्ट मोटर्स प्रालि, एमजी मोटर्स को नेपालका लागि अधिकृत आयातक र वितरकले काठमाडौंमा दुईवटा नयाँ अत्याधुनिक सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ । कुसुन्तीमा खोलेको पहिलो सेवा केन्द्रको सफलता पछि, एमजी मोटर्स नेपालले १४ जनवरी २०२५ मा सुकेधारा र सल्लाघारीमा थप सेवा केन्द्रहरू खोलेको हो । यी केन्द्रहरूले सो मिति देखि आधिकारिक रुपमा आफ्नो सेवा प्रदान गर्न सुरु गरेका छन्। यी नयाँ सेवा केन्द्रहरूले कुसुन्ती सेवा केन्द्रमा लागू गरिएका उन्नत प्रविधि र उच्च सेवा मापदण्डहरूलाई परिचालनमा लेराएका छन्।
कुसुन्ती सेवा केन्द्रले २०२३ मा खोलिए देखि ग्राहक सेवामा नयाँ मापदण्ड स्थापना गरेको छ ।परिचालनमा आएका दुबै केन्द्रमा ग्राहकहरूको सहुलियत र समर्थनका लागि अत्याधुनिक डायग्नोस्टिक र मर्मत प्रौद्योगिकीहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ । हामी सुकेधारा र सल्लाघारीमा यी नयाँ सेवा केन्द्रहरू खोल्न पाउँदा खुशी छौं, एमजी मोटर्स नेपालका प्रवक्ताले भने। “हाम्रो उद्देश्य भनेको कुसुन्ती सेवा केन्द्रको प्रसिद्धि र उत्कृष्ट सेवालाई विस्तार गर्नु हो। यी नयाँ स्थानहरूले काठमाडौं भरिका एमजी ओनरहरूलाई हाम्रो सेवालाई अधिक सुलभ बनाउन मद्दत गर्नेछन्।